TodayPati

खस्किँदै छ जनकपुरको शैक्षिक अवस्था, कतै विद्यार्थीभन्दा बढी शिक्षक, कतै शिक्षक नै छैन

राजा झा

जनकपुरधाम, माघ १० गते ।

कुनै समय शिक्षाको लागि प्रसिद्ध रहेको जनकपुरधाममा पछिल्लो समय शिक्षाको अवस्था खस्किँदै गएको छ।

Sponsored

प्रदेश २ को अस्थाई राजधानी जनकपुरधामको विद्यालयहरुको अवस्था दिन प्रतिदिन खस्किँदै गएको हो।

ऐतिहासिक महत्त्व बोकेको कुनै स्कुलको भौतिक संरचना भत्किँदै गएको छ भने कुनै स्कुल शिक्षकविहीन भएर थला परेको अवस्थामा छ।

कतै भने विद्यालयमा विद्यार्थीभन्दा बढी शिक्षकहरु नै रहेका छन्।

Sponsored

प्रदेशको राजधानीको अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश विद्यालयहरुको विजोग छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं। २२ बसविट्टीमा रहेको श्री माध्यमिक विद्यालयमा दुई वर्ष देखि नेपाली विषयको शिक्षक नै छैनन्।

वि.सं. २०७५ भन्दा पहिले कक्षा ८ सम्म पढाई हुँदै आएको सो विद्यालयको स्तरोन्नति गरी कक्षा १० सम्म गरिएपनि शिक्षकको संख्या नथपिएपछि छात्र छात्राहरुको पढाई नियमित हुन सकेको छैन्।

शिक्षकहरुलाई समेत पढाउन भ्याइ नभ्याई भइरहेको छ।

करिब ५ सय विद्यार्थी रहेको उक्त विद्यालयमा १० जना शिक्षकहरु मात्र रहेका छन् ।

दलित समुदायका बढी विद्यार्थी रहेको उक्त विद्यालयमा १० शिक्षक मध्ये एक शिक्षकलाई कक्षामा अध्यापन गराउनुका साथै विद्यालयको लेखा समेत हेर्नुपर्छ।

विद्यालयमा कुनै शिक्षक अनुपस्थित भए विद्यार्थीहरुको पढाई पनि प्रभावित हुनु स्वभाविक नै हो।

निर्वाचन पश्चात जितेर वडाध्यक्ष शिवरत्न पाण्डेले माध्यमिक तहको विद्यालय ल्याउने भनेर विद्यालयको स्तरोन्तीपनि गरे तर शिक्षकको व्यवस्थापन गर्न सकेनन्।

जनकपुरधाम उपमहानगरपालिकाले शिक्षकको व्यवस्थापन गर्न नसकेको अवस्थामा आफूले चन्दा संकलन गरेर भएपनि शिक्षक व्यवस्थापन गर्ने वाचा गरेका उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष पाण्डेले आफ्नो वाचा पूरा गर्न सकेनन्।

विद्यालयका निमित्त प्रधानाध्यापक उमाकृष्ण लालकर्ण काज सरुवा भएर यस विद्यालयमा आएपछि माध्यमिक शिक्षकहरु विद्यालयमा ल्याउने वाचा गरेका थिए तर डेढ वर्ष भइसक्दा पनि पूरा गर्न सकेनन्।

विद्यालयमा कक्षा ९ र १० का दर्जनों विद्यार्थीहरु बाध्य भएर पार्ट टाइमर शिक्षक मार्फत अंग्रेजी, विज्ञान र गणित गरि जम्मा ३ वटा विषय मात्र पढ्न पाएका छन्।

सामुदायिक सरकारी विद्यालयमा परीक्षा दिने माध्यम भाषा नेपाली रहेकोमा नेपाली विषय पढ़ाइ नै भएको छैन। प्रधानाध्यापक लालले चाँडै नै निजी श्रोतमा भएपनि शिक्षक भर्ना गरेर विद्यार्थीहरुको कोर्स पूरा गराउने बताए।

नेपाली विषयकी शिक्षिका किरण मण्डल २ वर्ष अगाडि सरुवा भएर अन्यत्र गएदेखि हालसम्म नेपाली विषय नै पढाई नभएको कक्षा १० मा अध्ययनरत छात्रा चाँदनी यादवले बताइन्।

शैक्षिक सत्र २०७५ देखि मावि सञ्चालनका अनुमति पाएको सो विद्यालय शिक्षक अभाव देखाउदै २०७६ देखि मावि सञ्चालनमा ल्यायो तर दुर्भाग्यबस यस विद्यालयमा एकजना मावि शिक्षक मात्र छन्।

विद्यालयको दैनिकजसो विद्यालयको समस्या समाधानका लागि मेयर र उपमेयर समक्ष राखेपनि तिनीहरुले यसमा कुनै चासो नदेखाएको बताए। विद्यार्थीको जीवन संग सरोकार राख्ने यस्ता गंभीर बिषयमा तत्काल ध्यान दिएर समस्या समाधान गर्नु पर्ने स्थानीयहरुको माग छ।

शहरको विद्यालयमा १७ जना विद्यार्थीमा १३ शिक्षक

जनकपुरधाम उपमहानगरपालिकाको ग्रामिण भेगको स्कुलमा शिक्षकको अभाव छ भने शहरी क्षेत्रमा विद्यार्थीको तुल्नामा शिक्षक बढी छ। वडा नं। ४ मा रहेको राजर्षी जनक राष्ट्रिय प्राथमिक विद्यालयमा १७ जना विद्यार्थीमा १३ जना शिक्षक रहेका छन्।

विद्यालयको तथ्याङ्गक अनुसार विद्यालयमा १ सय १२ जना विद्यार्थी भर्ना भएका छन् । विद्यालयमा ८ जना स्थाय, ४ जना राहत, १ बालविकास र एक कार्यालय सहयोगी गरी १४ जना कार्यरक्त छन्।

विहीबार शिशु र कक्षा एकमा शुन्य, कक्षा दईमा आठ, कक्षा तीनमा तीन, कक्षा चारमा दुई, कक्षा पाँचमा पाँचजनागरी मात्र १७ जना पढन आएका थिए।

सामुदायिक विद्यालयको शैक्षिकस्तर खस्किेको अभिभावकको मान्सिकता बसेको भन्दै वास्तविक अवस्था त्यो नरहेको शिक्षक रामवरण दासले बताए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *