TodayPati

महोत्तरीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा बीचमा सवार व्यक्तिको ज्यान गयो, दुईजना घाइते

टुडेपाटी-
जनकपुरधाम, माघ ७ गते ।

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । अन्य दुईजना घाइते भएका छन् ।

मृत्युु हुनेमा धनुषाको धनौजी गाउँपालिका ५ बहुवर्वाका २० वर्षीय नौसाद अन्सारी रहेको प्रहरीले जनाएको छ ।

Sponsored

बुधबार दिउँसो गौशाला नगरपालिका-१ स्थित रेल्वे ट्र्याक नजिक ज१२प २७३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दु्र्घटना हुँदा मोटरसाइकलको बीचमा सवार अन्सारीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय करामद अन्सारी र पछाडि सवार १९ वर्षीय असाद अन्सारी घाइते भएका छन् ।

मृतक अन्सारीको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको र घाइतेहरूको स्थानीयस्तरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *