TodayPati

मिथिलाञ्चलको महाकुम्भ १५ दिने परिक्रमा सम्पन्न

शैलेन्द्र क्रान्ति –
जनकपुरधाम, फागुन २६ गते ।

जनकपुरधामको अन्तरगृह परिक्रमा गरि मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको छ । फागुन औसींका दिन धनुषाको कचुरी स्थित मिथिलाविहारी मन्दिरबाट प्रारम्भ भएको परिक्रमा सोमबार विहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरी परिक्रमा सम्पन्न भएको हो ।

परिक्रममा यस वर्ष पनि लाखौं संख्यामा श्रद्धालुभक्तजनहरु सहभागि भएका छन् । रामजानकीको डोलासँगै परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ । परिक्रमा धनुषा, महोत्तरीका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु–भागको यात्रा गरिन्छ ।

Sponsored

वृहत्त, मध्य र अन्तरगृह गरि तिन प्रकारको परिक्रमा गरिन्छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनिय रहेको छ । फागुने औशिबाट शुरु भएर पुर्णिमा सम्म चल्ने यो महोत्सवमा धनुषाको कचुरी गाँउ स्थित मिथिला विहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुदै जानकी मन्दिर ल्याइन्छ । त्यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलाहरु समेत समावेश गरि परिक्रमा यात्रा प्रारम्भ हुने गर्दछ । डोलामा पछि पछि परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु सहभागिता हुने गर्छन । लावा लस्कर सहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्ने गर्दछ ।

१५ दिने परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर,भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई,धुव्रकुण्ड, कञ्चनवन,पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत),विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरि मध्य परिक्रमा सम्पन्न हुने गर्दछ । पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रममा सहभागि नहुने अधिकांश श्रद्धालु भक्तजनहरु अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रममा सहभागि हुने गर्दछन् । यस परिक्रममा युवायुवतीहरुको संख्या पनि उल्लेखनीय रहन्छ ।


नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट हजारौहजार श्रद्धालुभक्तजन तथा साधुसन्तहरु परिक्रममा सहभागि हुने गर्दछन् । परिक्रममा प्रायः जसो वृद्धवृद्धाहरुको बढी सहभागिता हुन्छ ।

Sponsored

टायर गाडा ,साईकल र टाउकोमा बन्दोबस्तीको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरि बास बस्नु, भूंइ खनेर चूल्हो निर्मण गर्नु, खाना पकाउनु , भजन कित्र्तन लगायतका कार्यहरु गर्नु परिक्रमावासीहरुको आस्था हो । पक्रिमाको क्रममा रात्रि विश्राम गर्नै पान्ध्रौ स्थलहरुमा स्थानीयहरुले मेलाको आयोजन गर्ने गर्दछन् । त्यस्तै परिक्रमामा सहभागी श्रद्धालुभक्तजनहरुलाई स्वागत गर्न दुई दिन अघिदेखि नै जुट्ने गर्दछन् । स्थानीयहरुले सांकृति कार्यक्रमहरुसमेत अयोजन गर्ने गर्दछन् भने पुन्य कमाउन एवं सेवा दिन विभिन्न संघ संस्था एवं व्यक्तिहरुले निःशुल्क भोजन , स्वास्थ्य शिवीर र आवासको व्यवस्था गर्ने गर्दछन् ।

नेपाल र भारतको सामाजिक सदभावको सेतुको रुपमा रहेको यो परिक्रमा धार्मिक, ऐतिहासिक र पूरातात्विक महत्तवको परिचय दिने गर्छ । त्यसै यसले आर्थिक टेवा समेत दिने गर्छ ।

शैलेन्द्र क्रान्ति

उहाँ टुडेपाटीका विशेष प्रतिनिधि हुनुहुन्छ । facebooktwitter भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *