महोत्तरीमा आगोबाट जलेर घाइते भएकी महिलाको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, माघ ६ गते ।
महोत्तरीमा आगोमा जलेकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
महोत्तरी मनरासिस्वा नगरपालिका ३ सुनौल बस्ने ३० वर्षीया कन्चन देवी महत्तोको उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
महतो गएको मंसिर ८ गते आफ्नै घरमा बच्चाको गाजल दिपमा सेक्ने क्रममा आगो लाग्दा घाइते भएकी थिइन् ।
उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन मिश्रले जानकारी दिए ।
Sponsored