राजविराज आउँदै गरेको माइक्रो दुर्घटना, ३ जनाको मृत्यु, ८ जना घाइते
शुभ नारायण यादव-
सप्तरी, माघ ६ गते ।
विराटनगरबाट सप्तरीको राजविराज आउँदै गरेको माइक्रो आज दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।
सुनसरीको दुहवी नगरपालिका–१० सिमरियास्थित प्रदेश १–०२–११० ज ३८६८ नम्वरको माइक्रोले विपरित दिशाबाट आउँदै गरेको को३४प ४६९४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँँदा दुर्घटना भएको हो । ठक्कर पश्चात माइक्रो सडक किनारमा पल्टेको स्थानियबासिहरुले बताएका छन ।
यता दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा मृत्यु भएको स्थायी ट्राफिक कार्यालयका ईन्चार्ज गोपाल श्रेष्ठले जानकारि दिनुभयो ।
उहाका अनुसार सप्तरीको राजविराज नगरपालिका वडा न.–१ का २२ वर्षीय शंकर कुमार यादव, सुनसरीको ईनरुवा नगरपालिका वडा न.–३ का ४४ वर्षीय बिर्ख मण्डलको मृत्यु भएको छ भने अन्य एक जना मृतक पहिचान खुल्न सकेको छैन् ।
सो दुर्घटनामा सप्तरीको तिलाठि कोइलाडि गाउपालिका वडा न.६ मन्सापुरका ६० वर्षीया ईन्द्रमला देवी, राजविराज नगरपालिका वडा न.७ का १४ वर्षीय निरज यादव, ३८ वर्षीय सुरेश मण्डल र विराटनगरका उपमहानगरपालिकाका ५२ वर्षीय जय नारायण यादव घाइते भएका छन् ।
Sponsored
यसैगरी सुनसरीको ईनरुवा नगरपालिका वडा न.–८ का ५२ वर्षीय चन्द्र मेहता, भोक्राहाका १९ वर्षीय प्रशान्त कुमार यादव, प्रकाशपुरका २३ वर्षीय भरत कुमार यादव घाइते भएका छन् ।
यता दुर्घटनामा घाइतेहरुलाई थप उपचारको लागि विराटनगरस्थित विराट नर्सिङ होम पठाइएको तथा घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।