TodayPati

पीएम कप : प्रदेश २ लाई ७७ रनले हराउँदै लुम्बिनी विजयी

टुडेपाटी-
जनकपुरधाम, माघ ६ गते ।

लुम्बिनी प्रदेशले प्रदेश नम्बर २ लाई ७७ रनले हराउँदै प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । अनिल खरेलको चार विकेट प्रेरणामा मंगलबार लुम्बिनी प्रदेशले विजयी सुरुआत गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले २५७ रनको योगफल तयार गरेको थियो । २५८ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको प्रदेश २ ले ४२.४ ओभरमा सबै विकेट गुमाएर १८० रन मात्रै बनाउन सक्यो ।

Sponsored

लुम्बिनीको कसिलो बलिङसामु टिक्न नसकेको प्रदेश दुईका लागि ओपनर सुधिर चौधरीले सर्वाधिक ७५ बलमा ३ चौका र १ छक्कासहित ४२ रन जोडे । त्यस्तै, मेहबुब आलमले ३१, हरिकृष्ण साहले २२, र दिव्यान्शु मल्लिक ९ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । तर, आठौं नम्बरमा ब्याटिङ गर्न आएका बिबेक यादवले ४९ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाएका थिए ।

लुम्बिनीका लागि अनिलले १० ओभरमा २९ रन खर्चेर २ मेडनसहित सर्वाधिक ४ विकेट लिए । त्यस्तै दिपेन्द्र रावतले २ तथा बिक्रम भूसाल, अमित तामाङ, कृष्ण कार्कीले १र१ विकेट लिए ।

यसअघि सन्दीप रजाली र सौरभ खनालको अर्धशतक मद्दतमा लुम्बिनी प्रदेशले २५७ रनको योगफल बनाएको थियो ।

Sponsored

लुम्बिनीका लागि ओपनरद्वय सन्दीप सुनार ११ र सुशान्त थापा ६ रन बनाएर पेभिलियन फर्के पनि मध्यक्रमका ब्याट्सम्यान सन्दीप र सौरभले ९५ रनको साझेदारी गर्दै टोलीलाई सम्मान जन योगफलतर्फ डोर्‍याएका थिए ।

लुम्बिनीका लागि १०७ बलको सामना गरेका सन्दीपले ११ चौकासहित ८३ रनको महत्त्वपूर्ण इनिङ खेले । त्यस्तै, सौरभले ६४ बलमा ५ चौका र ३ छक्कासहित ५६ रनको अर्धशतकीय इनिङ खेले । बिक्रम भुसाल ३६, कप्तान कृष्ण कार्की १० रनमा आउट हुँदा अमित तामाङ ११ र दिपेन्द्र रावत शून्यमा अविजित रहे ।

बलिङतर्फ प्रदेश २ का लागि १० ओभरमा ४८ रन खचिएका हरिकृष्ण साहले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, दिव्यान्सु मल्लिकले २ तथा सइफुल्लाह अनसारी, कुमार थापा र विशाल शुस्लिङले १र१ विकेट लिए ।

जितसँगै समूह ‘बी’मा रहेको लुम्बिनी २ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *