चिसो बढेपछि औरही र सोनमाका विद्यालयहरु बन्द
टुडेपाटी-
जनकपुरधाम, माघ ६ गते ।
अत्याधिक चिसो बढेपछि महोत्तरीको औरही नगरपालिका र सोनमा गाउँपालिकामा निजी तथा सामुदायिक विद्यालयहरु बन्द गरिएको छ । मंगलबार दुवै पालिकाले यस्तो निर्णय गरेको हो ।
सोनमा गाउँपालकाले ४ दिनका लागि विद्यालयहरुले बन्द गर्ने निर्णय गरेको छ । माघ ७ गतेदेखि आगामी १० गतेसम्मका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको गाउँपालिकाको शिक्षा संयोजक राजकुमार साहले जानकारी दिए ।
त्यस्तै औरही नगरपालिकाले पनि ३ दिनसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । माघ ७ गतेदेखि ९ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार महराले बताए ।