पीएम कप : प्रदेश २ लाई २५८ रनको लक्ष्य
टुडेपाटी-
जनकपुरधाम, माघ ६ गते ।
त्रिभुवन विश्विद्यालयको मैदानमा भइरहेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटमा लुम्बिनी प्रदेशले प्रदेश २ लाई २५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले पूरा ओभर खेल्दै नौ विकेटको क्षतिमा २५७ रन बनाएको थियो। लुम्बिनीका लागि सन्दिप रजालीले ८३ रनको अर्धसतकीय पारी खेले । उनले १०७ बलमा ११ चौकासमेत प्रहार गरे ।
त्यस्तै, सौरभ खनालले ५६ रनको पारी खेले भने विक्रम भुषालले ३६ रन बनाए । यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन् ।
प्रदेश दुईका हरिशंकर शाहले तीन विकेट गिराए भने दिब्यांशु मल्लिकलले दुई विकेट गिराए ।
त्यस्तै, एक विकेट लिनेमा सैफुल्लान अन्सारी, कुमार थापा र विशाल सुस्लिङले समान १–१ विकेट लिए ।
Sponsored