TodayPati

सप्तरीमा बालविवाह गर्ने ४३ वर्षीय बेहुलासहित ४ जना पक्राउ

टुडेपाटी-
सप्तरी, माघ ६ गते ।

सप्तरीमा १५ वर्षीया बालिकासँग विवाह गर्ने ४३ वर्षीय बेहुलासहित बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको ४ जना पक्राउ परेका छन् । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–१४ रामपुरबाट प्रहरीले सोमबार बेलुका उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका–३ बस्ने बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा रहेका छन् ।

Sponsored

उक्त ठाउँमा बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *