TodayPati

प्रदेश २ सरकारले जनकपुरमा बलिदानी दिवस मनायो

टुडेपाटी-
जनकपुरधाम, माघ ५ गते ।

जनकपुुुरमा जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको प्रदेश २ को सरकारले बलिदानी दिवस मनाएको छ ।

जनकपुरधाममा एक समारोहका बीच सरकारले सोमबार बलिदानी दिवस मनाएको हो । शहीदको स्मरणमा फूलमाला अर्पण गरी मनाइएको छ । २०६३ माघ ५ गते आजैका दिन मधेश आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतोको ज्यान गएको थियोे ।

महतो मधेश आन्दोलनका प्रथम शहीद हुन् । उनको सम्झनामा प्रत्येक वर्ष ५ माघमा मधेश बलिदानी दिवस मनाइन्छ ।

Sponsored

कार्यक्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, मुख्यमन्त्री लालबाबु राउत र जसपाका नेता एवं प्रदेश सरकारका मन्त्री जितेन्द्र सोनललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जसपाका नेता तथा कार्यकर्ताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा शहीद रमेश महतोकी आमाको समेत उपस्थिति रहेको थियो । महतोकी आमाले पनि फूलमाला अर्पण गरी छोराको स्मरण गरिन् ।

बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *