TodayPati

चिसो बढेपछि गौशालाका सबै विद्यालयहरु बन्द

टुडेपाटी-

महोत्तरी, माघ ४ गते ।

अत्याधिक चिसोका कारण गौशाला नगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने भएको छ ।

Sponsored

केही दिनदेखि शीतलहर बढेपछि विद्यार्थीहरुलाई विद्यालय जानमा समस्या हुन थालेपछि महोत्तरीको गौशाला नगरपालिकाले नगरभित्रको सबै विद्यालयहरु तीन दिनका लागि बन्द हुने भएको हो ।

वाक्लो हुस्सु र शितलहरको कारण जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएपछि गौशाला नगरपालिकाले शुक्रवारसम्मको लागि सामुदायिक विद्यालयहरुमा जाडो विदा दिएको शिक्षा अधिकृत संजय कुमार सिंहले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

जाडोको समयमा बालबालिकाहरु सबै भन्दा बढ़ी प्रभावित हुने भएकोले नगरपालिका भित्र रहेका निजी तथा सामुदायिक सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *