TodayPati

प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद विघटन गर्दै निर्वाचन घोषणा गरेको हो : कानूनमन्त्री यादव

टुडेपाटी-

जनकपुरधाम, माघ ४ गते ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको ढाड भाँच्ने काम गरेको बताएका छन् । उनले संविधान विपरित संसद विघटन गर्दै निर्वाचन घोषणा गरेको पनि दावी गरे । जनताको सर्वोच्च जनप्रतिधि संस्था प्रतिनिधि सभा विघटन गरेर जनताले तिरेको करमाथि ओलीले मनोमानी गरिरहेको मन्त्री यादवको भनाइ छ । 

Sponsored

आइतबार धनुषाको गणेशमान चारनाथ नगरपालिकाको न्यायीक समितिको इजलाशकक्ष उद्घाटन गर्दै मन्त्री यादवले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर देशलाई अराजकतातर्फ धकेलेको तथा मुलुक र जनताले पीडा भोग्नुपरिरहेको पनि बताए ।

‘संघीयतालाई मजबुत गर्नुपर्ने बेलामा कमजोर पार्ने र जनताको जनजीवीकालाई सहज तुल्याउनुपर्ने बेलामा जनताकै ढाड भाँच्ने गरि करोडौको रकम दुरुपयोग गर्र्ने कार्य गर्नु निन्दनीय विषय हो’, मन्त्री यादवको भनाइ छ । 
धनुषाका १८ वटा स्थानीय तहमध्ये गणेशमान चारनाथ नगरपालिकाले व्यवस्थित रुपमा न्यायिक समितीको ईजलाशको व्यवस्था गरेकोमा मन्त्री यादवले धन्यवाद दिए । 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *