TodayPati

सप्तरीमा एसइईको तयारीमा रहेकी किशोरीले गरिन् झुन्डिएर आत्महत्या

टुडेपाटी

सप्तरी, फागुन २५ गते ।

सप्तरीमा एसइई परीक्षाको तयारीमा रहेकी एक किशोरीले आफनै घरमा झुण्डिएर आत्महत्या गरेकी छिन् ।

Sponsored

शनिबार राती सप्तरीको राजविराज नगरपालिका ६ बस्ने १६ वर्षीया संध्या यादवले आफ्नै घरमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी हुन् । यही चैत्र ६ देखि हुने एसईई परिक्षाको तयारीमा रहेकी यादव घरायसी विवादमा आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

छोरीसँगै खाना खाएर नजिकैको पसलमा गई केही बेरपछि फर्केकी आमाले झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शवको आईतबार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाईएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक यमलाल बन्जारेले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *