TodayPati

१० किलो गाँजा सहित महोत्तरीका नवलकिशोर र उनकी श्रीमती पक्राउ

टुडेपाटी

जनकपुरधाम, पुस २९ गते ।

सर्लाहीबाट गाँजा सहित श्रीमान श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Sponsored

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साह रहेको प्रहरीले जनाएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ स्थित रेल्वे फाँटको बाटोबाट ज ११प ७९७१ नम्बरको मोटरसाइकलमा सबार भई जाँदै गरेको अवस्थामा साह दम्पतीलाई पक्राउ गरिएको हो ।

सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरका अनुसार मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० किलो गाँजा बरामद भएको थियो ।

Sponsored

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको डीएसपी कुँवरले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *