जानकी हेल्थ केयरको आयोजनामा ६४ जनाले गरे रक्तदान
टुडेपाटी-
जनकपुरधाम, पुस २४ गते ।
रेडक्रसमा भएको रगत अभावलाई मध्यनजर गर्दै जनकपुर स्थित जानकी हेल्थकेयर एण्ड टिचिंग हस्पिटलले रक्तदान कार्यक्रम गरेको छ । शुक्रबार जानकी हेल्थकेयरले आफ्नै प्रांगणमा गरेको रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका छन् ।
जानकी हेल्थकेयरका संचालक, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी लगायतले रक्तदान गरेको संचालक समितिका सदस्य संजय यादवले जानकारी दिए ।
जनकपुर स्थित रेडक्रसमा रगतको अभाव भएको कारण रक्तादान कार्यक्रम गरेको जनाएको छ । रगत अभावको कारण कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले रक्तदान गरेको यादवले बताए ।
रक्तदान कार्यक्रमको उदघाटन हस्पिटलका संचालक समेत रहेका पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले गरेका थिए ।
Sponsored