प्रदेश २ : वैदेशिक रोजगारबाट फर्केका तथा जाने युवालाई बिना धितो ऋण
जनकपुरधाम, पुस २४ गते ।
वैदेशिक रोजगारबाट फर्केका तथा जाने युवालाई एसबीआई बैंकले बिना धितो ऋण प्रवाह गर्दै आएको छ । प्रदेश सरकार, सीप परियोजना र एसबीआई बैंक बीच वैदेशिक रोजगारमा जानेहरूलाई सहुलियत दरमा विना धितो ऋण उपलब्ध गराउन भएको सम्झौता बमोजिम बैंकले युवाहरूलाई ऋण दिने गरेको छ ।
धनुषाको लक्ष्मिनियाँ स्थित नेपालकै पहिलो वैदेशिक रोजागरबाट फर्केका युवा तथा तिनका परिवारले मिलेर खोलेको आप्रवासी बहुउद्देशीय सहकारी संस्थाको प्रांगणमा जनकपुर स्थित नेपाल एसबीआई बैंकको शाखाले वैदेशिक रोजगारबाट फर्केका तथा जान खोजेका युवा तथा तिनका परिवारहरुका बीच सीप परियोजना मार्फत उपलब्ध ऋण तथा सो सम्बन्धी पुर्याउनु पर्ने बैंकिंग प्रकृयाका बारेमा एसबीआई बैंकक जनकपुर शाखा प्रमुख दिपेन्द्र ठाकुरले बताए ।
शाखा प्रमुख ठाकुरले सीप परियोजनाको सहयोगमा शुरू भएको योजनाले साहु(महाजनबाट चर्को ब्याजमा ऋण लिएर वैदेशिक रोजगारमा जानुपर्ने युवाहरूको बाध्यता केही हदसम्म समाधान हुने तथा फर्केकाहरुले आ(आफ्ना व्यवसाय गरे आर्थिक योगदानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
परियोजना अन्तर्गत वैदेशिक रोजगारबाट फर्केकाहरुले स्वरोजगार सम्बन्धी कार्य गर्न ३ लाखको ऋण तथा वैदेशिक रोजगारमा जाने युवाहरूले राहदानी बनाएपछि बैंकमा नागरिकता, राहदानी र ४ प्रति फोटो सहित निवेदन दिनुपर्छ र सोही कागजातको आधारमा बैंकले बचत खाता खोलिदिने र भिसा लागेपछि भिसा लागेको राहदानी र श्रम सम्झौता बैंकमा बुझाएमा विना धितो अधिकतम् १ लाख ५० हजार ऋण उपलब्ध गराउने जानकारी प्रदान गरे । साथैं नेपाल सरकारद्वारा ब्याज अनुदानमा आधारित महिला उधमशील कर्जा तथा कृषि कर्जाको बारेमा समेत जानकारी दिए ।
Sponsored
प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंक तथा एसबिआई बैंकबीच गत वर्ष वैदेशिक रोजगारमा जाने युवाहरूलाई विना धितो सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको थियो । सोही सम्झौताअनुरूप बैंकहरूले सो ऋण सेवा प्रवाह गरेका हुन् । प्रभु बैंकले प्रदेशका सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा यस्तो ऋण सुविधा उपलब्ध गराउँदै छ भने सिरहा, धनुषा र महोत्तरीमा एसबिआई बैंकले सेवा दिइरहेको कुरा सीप परियजनाका प्रदेश प्रमुख मोहम्मद साबीरले जानकारी दिए ।
उनले वैदेशिक रोजगारमा जाने युवाहरूलाई स्वदेशमैं सीप सिकेर जान सुझाव दिए । सीप सिकेर वैदेशिक रोजगारमा जाँदा जोखिमपूर्ण कामबाट जोगिने र सम्झौता अनुसारको काम पाइने सम्भावना बढी रहने उनले बताए । वैदेशिक रोजगारमा अदक्ष युवाहरूले भोग्नुपरेका समस्याबारेमा उनले अवगत समेत गराएका थिए ।
प्रदेशमा रहेको बेरोजगारीको समस्यालाई क्रमशः समाधान गर्दै लैजाने प्रदेश सरकारको योजनाअनुरुप अहिले ८ वटा संस्थाले बेरोजगार युवाहरुलाई सिप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने अथवा स्वरोजगार बनाउने सम्झौता बमोजिम काम गर्दै आएका छन् ।
उक्त कार्यक्रमले वैदेशिक रोजगारीमा जाने युवा तथा गरिब, दलित, महिलालाई लक्षित गरि समेत संचालन गरिएको छ । सम्झौताअनुसार त्रिवेणी स्पिनिंग मिल्स, मोरंग अटो वर्क्स, लेवल स्टेप, रोजगारी पसल, नेपाल एसबीआई बैंक तथा प्रभु बैंक लगायतले प्रदेश २ मा कार्यक्रम संचालन गर्दै आइरहेका छन् ।
आप्रवासी बहुउद्देशीय सहकारी संस्थाका दुखरण यादवको अध्यक्षतामा भएको कार्यक्रममा एसबीआई बैंकका शाखा प्रमुख दिपेन्द्र ठाकुर तथा सीप परियोजाका मोहम्मद साबीर लगायत सहभागी थिए ।