TodayPati

नेकपा नेता माधव नेपाल जनकपुरमा

टुडेपाटी-
जनकपुरधाम, पुस २४ गते ।

नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव नेपाल शुक्रबार साँझ प्रदेश २ को अस्थायी राजधानी जनकपुर आएका छन् । पार्टी विभाजनको संघारमा रहेको बेला केहि कार्यक्रम तथा आफ्ना पक्षका नेताकार्यकर्ता भेट्न अध्यक्ष नेपाल जनकपुर आइपुगेका हुन् ।

वुद्ध एयरको रातृ विमानले जनकपुर आइपुगेका नेता नेपाललाई प्रचण्ड–माधव समूहका केन्द्रिय तथा स्थानीय नेताले भव्य स्वागत गरेका छन् । स्वागत गर्न नेकपा केन्द्रिय सदस्य रामचन्द्र झा, केन्द्रिय सदस्य तथा प्रदेश सांसद सत्रुधन महतो, रामकुमार शर्मा लगायतका नेता जनकपुर विमास्थल पुगेका थिए ।

Sponsored

नेपाल अहिले बर्दिबासमा आफ्ना समूहका नेताकार्यकर्ता भेटघाट गरिरहेको एक नेताले जानकारी दिए । भोलि शनिबार दिउँसो सिरहाको वस्तीपुरमा हुने कम्युनिस्ट आन्दोलनको मुर्धन्य नेता जय गोविन्द साहको ३१ औं स्मृति सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

तत्पश्चात दिउँसो धनुषाको तारापट्टीमा नेताकार्यकर्ता भेटघाटको कार्यक्रम गरेर जनकपुरमै रातृबास बस्ने र आइतबार बिहान नेकपा प्रदेश पार्टी कार्यालयमा प्रदेश तथा जिल्लाका नेता कार्यकर्तासंग भेटघाट गरेपछि काठमाडौं फर्किने कार्यक्रम रहेको युवा संघ धनुषाका जिल्ला संयोजक सरोज यादवले जानकारी दिए ।

पार्टी विभाजनको अवस्थामा रहेको बेला नेपाल प्रदेश २ को अस्थायी राजधानी जनकपुर आएपछि महत्वका साथ हेरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *