निर्मला पन्तको बलात्कारी खोज्ने ७ जना प्रधानमन्त्रीको सभाबाट पक्राउ
टुडेपाटी-
धनगढी, पुस २४ गते ।
धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएर सहभागी ७ जना युवाहरु पक्राउ परेका छन् ।
नेकपा ओली समूहले शुक्रबार धनगढीमा सभा गरेको थियो, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष ओलीले पनि सम्बोधन गरेका थिए । प्रधानमन्त्री आउने थाहा पाएपछि युवाहरु भने ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएर पुगेका थिए ।
उनीहरुमध्ये केहीलाई पक्राउ गरिएको एसपी अनुपशम्शेर जबराले पुष्टि गरे । उनका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।