TodayPati

जनकपुरको कपालमोचनी पोखरी पुरेर निजी व्यक्तिलाई फाइदा पुर्याउन बाटो निर्माण

सुमित मिश्र-
जनकपुरधाम, पुस २४ गते ।

जनकपुरधामको धार्मिक तथा ऐतिहासिक कपालमोचनी पोखरीमा घाट निर्माणको नाममा प्रदेश सरकारले निजी व्यक्तिलाई फाइदा पुग्नेगरी पोखरीमै बाटो बनाउन थालिएको छ ।

कपालमोचनी सर पश्चिम उत्तर कुनाको डिलमै सीतादेवी यादवको नाउँमा खरिद गरिएको जग्गाका साथै त्यहाँ बाटोका लागि कटाइएको नक्सा समेत विवादित रहेको छ । सो जग्गामा घर निर्माण भइरहेको छ । उक्त घरसम्म आउन जान प्रदेश २ सरकारले पोखरी सौन्दर्यकरणको नाममा पश्चिम डिलमा बाटो निर्माण थालेको हो ।

Sponsored

केहि महिना पूर्व उपमहानगरपालिका र जानकी मन्दिरसँग मिलेर पोखरीको जग्गामा बाटो कायम गराइएको भन्दै जग्गाधनी सीतादेवी यादव पक्षधरले जग्गासँगै रहेको तेली कुट्टीको पर्खाल भत्काएपछि दुवै पक्षबीच उग्र विवादको सिर्जना भएको थियो ।

विवाद उत्पन्न हुँदा जानकी मन्दिरले गुठी संस्थानलाई बाटो काट्न भूलवश मालपोत कार्यालयलाई सिफारिस गरिएको भनी गल्ती स्वीकार गरेका थिए भने मालपोत समेतले गुठीको सिफारिस नहुँदा नक्सामा लगत कट्टा नगरिएको र स्रेस्तामा दाखिला नभएको जवाफ दिएको थियो ।

जानकी मन्दिर र मालपोतको जवाफपछि बाटो निर्माण कार्य रोकिएको थियो । सोही क्रममा विवाद समाधान हुन नसक्दै मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सो सौन्दर्यकरणको नाउँमा पोखरीलाई नै पुरेर कुनै एक व्यक्तिको निजी जग्गाको बाटो खुलाउनकै लागि त्यहाँ काम अगाडि बढाइएको तेली कुट्टीको सञ्चालक समितिका अध्यक्ष जगदीश साह बताउँछन् ।

Sponsored

https://pahilopost.com/assets/upload/images/135770131_310240727097249_6724823833391870099_n.jpg

प्रदेश सरकारले निजी व्यक्तिको मतियार बनेर सार्वजनिक सम्पत्ति पोखरी पुरेर अतिक्रमणलाई बढवा दिएको वैश्य कल्याण महासंघका अमरनाथ गुप्ताले आरोप लगाए ।

‘मन्दिरले बाटोका लागि जग्गा नदिएपछि प्रदेश सरकारले एक तर्फबाट पोखरी पुर्न लगाएको छ भने अर्कोतर्फ पोखरीको क्षेत्रफल कमी हुन नदिन सार्वजनिक बाटो नै अतिक्रमण गरिएको छ’, गुप्ताले भने, ‘सौन्दर्यकरणको नाउँमा सार्वजनिक सम्पत्तिको अतिक्रमण गर्नु गलत हो, हामी त्यसको संरक्षणका लागि अदालतसम्म जानेछौँ र आवश्यकता परे प्रदेश सरकारलाई समेत घच्घच्याउने छौँ।’

यता स्वच्छता अभियानको नाममा कुनै व्यक्ति विशेषलाई फाइदा पु¥याउन प्रदेश सरकारले नै सार्वजनिक सम्पत्ति अतिक्रमण गरेको भन्ने जिज्ञासामा स्वच्छता अभियानका संयोजक इन्जिनियर भगवान झाले कुनै अतिक्रमण नगरेको दाबी गरे

झाले भने, ‘पोखरी सौन्दर्यकरणको क्रममा घाट निर्माणका लागि पोखरीका केही भाग पुरिएको हो । यसबाट स्थानीय जनतालाई फाइदा हुनेछ सरकारलाई होइन ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *