TodayPati

जनकपुरमा करेन्ट लागेर एक विद्यार्थीको ज्यान गयो

टुडेपाटी-
जनकपुरधाम, पुस १५ गते ।

जनकपुरमा करेन्ट लागेर एक विद्यार्थीको ज्यान गएको छ । ज्यान जानेमा धनुषाको सहिदनगर नगरपालिका २ मतौना बस्ने संजिव यादवका छोरा १७ वर्षीय राकेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका १ पुलचोक स्थित गौरीशंकर साहको घरमा डेरा गरी बसेर अध्ययन गर्दै आएका रोकश दिउँसो मोटर जडान भएको कलमा नुहाउन जाँदा करेन्ट लागेको थियो ।

Sponsored

करेन्ट लागेर सिकिस्त भएका राकेशलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *