TodayPati

महोत्तरीको चार ठाउँमा मोटरसाइकल दुर्घटना, एक बालिकासहित पाँचजना घाइते

टुडेपाटी-
जनकपुरधाम, पुस १४ गते ।

महोत्तरीमा छुट्टाछुट्टै स्थानमा मोटरसाइकलको ठक्करबाट पाँचजना घाइते भएका छन् । गौशाला, सम्सी, बलवा र जलेश्वरमा भएको मोटरसाइकल दुर्घटनामा ५ जना घाइते भएको प्ररीले जनाएको छ ।

मंगलबार दिउँसो गौशला नगरपालिका २ स्थित औरहीबाट गौशालातर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ३६९९ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय मुकेश मिश्राको छोरी ८ वर्षीया नैना मिश्रा घाइते भएकी छन् ।

Sponsored

बालिकाले बाटो काट्न लाग्दा बचाउने क्रममा मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा बालिकासंगै चालक औरही नगरपालिका २ बस्ने राकेश कुमार घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुबैजनाकाको स्थानीय स्तरमा उपचार भइरहेको छ ।

त्यस्तै मंगलबार बिहान जलेश्वर नगरपालिका ६ रातु खोलाको पुल स्थित ज ८ प ४०६२ नम्बरको मोटरसाइक दुर्घटना हुँदा पछाडिमा सवार धनुषा नगराइन नगरपालिका ६ बस्ने ५२ वर्षीया गिता देवी महरा घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यस्तै सम्सी गाउँपालिका ६ ट्रेगर स्थित बसविट्टीबाट सम्सी तर्फ आउँदै गरेको ज ४ प २९६९ नम्बरको मोटरसाइकल र विपरित दिशा तर्फबाट जाँदै गरेको ज ११ प १५३२ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा एकजना घाइते भएका छन् । सोमबार भएको सो दुर्घटनामा ज४प २९६९ नम्बरको मोटरसाइकल चालक २३ का पुजन यादव घाईते भएको प्रहरीले जनाएको छ ।

Sponsored

यस्तै बलवा नगरपालिका १ बन्चौरी भगवानपुरमा प्रदेश २–०२–००२ प ३३१५ नम्बरको मोटरसाइकलले ठीक्कर दिँदा पैदल यात्री स्थानीय ५० वर्षीय राम दयाल घाइते भएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *