TodayPati

टुरिष्ट बसले गैरकानूनी रुपमा जनकपुरबाट काठमाडौंसम्म यात्रु ओसार्दै, ट्राफिक प्रहरी मुकदर्शक

टुडेपाटी

जनकपुरधाम, पुस ६ गते ।

जनकपुरमा गैर कानुनी रुपमा पर्यटक बसले यात्रु ओसारिरहेको खुलेको छ ।

Sponsored

ट्राभल एजेन्सीले मात्र चलाउने पाउने टुरिष्ट बसले गैर कानुनी रुपमा टिकट काटेरै यात्रु ओसारेको भेटिएको हो ।
देशदर्शन बस सेवाद्धारा संचालित दुईवटा बसले जनकपुर—काठमाडौँ रुटमा यात्रु ओसारेको भेटिएको हो ।

बा १ प १३७२ र बा १ प १४६८ नम्बरको हरियो नम्बर प्लेटको बसमा जनकपुरबाट काठमाडौँसम्म गैर कानुनी रुपमा यात्रु ओसारेको देखिएको हो ।

यो दुबै बस साझ ५ बजेपछि काठमाण्डौका लागि छुटछ । पर्यटक बसलाई सरकारले राजस्व छुटसँगै रुट परमिटमा सहुलियत दिएको हुन्छ ।

Sponsored

‘टुरिष्ट बसले पर्यटक लिएर जहाँपनि जान मिल्छ । तर टिकट काटेर चलाउन मिल्दैन् । देशदर्शन बसले गैरकानुनी रुपमा बस चलाएपछि अरु बस व्यवसायीलाई मार्का परेको छ तर प्रहरी र यायातायात कार्यालय मुकदर्शक भएर बसेको छ,’ एक बस व्यवसायीले भने ।

पर्यटक बसमा अनाधिकृत रुपमा यात्रु ओसार्नु गैरकानुनी रहेको र यातायात व्यवस्था कार्यालय जनकपुरले उनीहरुलाई कार्वाही गर्ने अधिकार रहेको जनकपुर बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले बताए ।

यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख वीरेन्द्र साहले पर्यटक वसमा नियमित यात्रु ओर्सन नमिल्ने बताए ।

‘त्यस्तो बसलाई ट्राफिक प्रहरीले दुई हजारसम्म जरिवाना गर्न मिल्छ । त्यो भन्दा बढीको कार्वाहीका लागि ट्राफिक प्रहरीले पत्र लेखेपछि हामीले कार्वाही गर्छौ,’ यातायात कार्यालयका प्रमुख साहले भने ।
टुरिष्ट बसले यात्रु ओसार्न नमिल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरिक्षक नवराज न्यौपानेले समेत बताए ।

गैर कानुनी रुपमा टुरिष्ट बसमा यात्रु ओसारेको आफुहरुले समेत देखेको तर कार्वाही नगरेको प्रहरी निरिक्षक न्यौपानेले बताए । ‘हामीले चेकजाँच गरिरहरेका छौँ । कार्वाही गरेका छैनौ,’ उनले भने ।

पर्यटन मन्त्रालयबाट स्वीकृति लिएर भारतबाट समेत आएका पर्यटक बोकेर नियमित रुपमा पशुपतिनाथसम्म ल्याउनेगरी बस चलाइरहेको दुरदर्शन बस सेवा जनकपुरका म्यानेजर निराजन कार्कीले बताए ।

तर पर्यटक बाहेकका समान्य यात्रुलाई ओसार्न नमिल्ने उनले समेत स्वीकार गरे । तैपनि अनाधिकृत रुपमा बसले टिकट काटेर यात्रु ओसारेको देखिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *