TodayPati

जलेश्वरमा माटो लोड भएको टयाक्टर दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु

टुडेपाटी

जनकपुरधाम, पुस ५ गते ।

महोत्तरीमा टयाक्टर दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

Sponsored

जलेश्वर नगरपालिका–७ स्थित बख्रि टोलबाट माटो लोड गरी बेलातर्फ जाँदै गरेका ज १ त ३५७९ नम्बरको टयाक्टर दुर्घटना हुँदा अन्दाजी २३ वर्षीय चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको परिचय खुल्न सकेको छैन् ।

टयाक्टर मोड्ने क्रममा दाँया साइडको बीच र पछाडी पट्टीको चक्का गडेका कारण ईन्जिनको भाग उठ्न गई इन्जिनको भाग र पछाडी टेलको बीचमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

घटना सम्बन्धम थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *