राजविराजमा बन्ने भयो ९ करोडको लागतमा ‘चिल्ड्रेन पार्क’
टुडेपाटी
सप्तरी, फागुन २२ गते ।
सप्तरीको राजविराजमा ९ करोडकको लागतमा चिल्ड्रेन पार्क बन्ने भएको छ । बिहीबार एक समारोह बीच सप्तरीको राजविराज नगरपालिका १ मा ९ करोडको लागतमा बन्ने बालउद्यानको नगरप्रमुख शम्भु प्रसाद यादव र उपप्रमुख साधना झाको उपस्थितिमा वडाध्यक्ष चन्द्रशेखर चौधरीले बालउधान निर्माण कार्यको शिलान्यास गरेका छन् ।
बालबालिकाहरुका लागि नगरपालिका क्षेत्रमा यस्तो पार्कको ब्यवस्था नरहेको कुरालाई ध्यानमा राख्दै पहिलो पटक यस्तो ब्यवस्था गर्न लागिएको नगरप्रमुख यादवले बातएका छन् ।
२६ कठा जग्गामा पर्खालसहित निर्माण हुने बाल उधानमा बगैचा, विभिन्न खेलकुदका सामाग्री र साधन, सोलार, खानेपानी, शौचालय,आरामदायीक कुर्सी लगायत अन्य विभिन्न सुबिधा उपल्बध रहने नगरप्रमुख यादवको भनाइ छ ।
सो बालउद्यान निर्माण गर्न ६ महिना लाग्ने भएकोले निर्माण कार्यको ठेक्का पाएका रसुवारोसन जेबि कन्ट्रक्सनले बिहीबारदेखि काम सुरु गरिसकेको कम्पनीका प्रतिनिधि मनोज कुमार यादवले जानकारी दिएका छन् ।