नेपाल पत्रकार महासंघ धनुषा शाखालाई ४ लाखको सामाग्री प्रदान
टुडेपाटी-
जनकपुरधाम, मंसिर २६ गते ।
धनुषाको हंसपुर नगरपालिकाले नेपाल पत्रकार महासंघ धनुषा शाखालाई विभिन्न सामाग्री प्रदान गरेको छ ।
नगरपालिकाले पत्रकार महासंघलाई शुक्रबार ४ लाख मुल्य बरारबरका विभिन्न सामाग्रीहरु प्रदान गरेको हो । महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रलगायतका पदाधिकारीहरुलाई बघचौरास्थित नगरपालिकाको कार्यालयमा नगरप्रमुख रामज्ञान मण्डलले सामग्री हस्तान्तरण गरेका हुन् ।
बाल फ्यान ४ थान, प्रोजेक्टर १ थान, ल्यापटप १ थान, इन्भर्टर १ थान, ब्याट्री २ थान, प्रोजेक्टर स्क्रिन १ थान, डेस्कटप पिसि ३ थान र डिजिटल क्यामेरा १ थान रहेको छ ।
सञ्चारकर्मीहरु अग्रपंक्तिमा खटिएर सामाचार सम्प्रेषण गरिरहेकोले उनीहरुकै सहजताका लागि सामाग्री प्रदान गरिएको नगरप्रमुख मण्डलले बताए ।
‘सहयोग सानो र ठूलो हुँदैन, हाम्रो सम्बन्धकै कारण हामीले आज यो सहयोग प्रदान गरेका छौं,’ सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख मण्डलले भने ।
Sponsored