कांग्रेसले २९ मंसिरमा देशव्यापी प्रदर्शन गर्दै, धनुषामा कुन नेताको सम्बोधन ?
टुडेपाटी-
काठमाडौं, मंसिर २६ गते ।
यही मंसिर २९ गते प्रमुख प्रतपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गृह जिल्ला तनहुँमा भएको दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार, संवैधानिक अंगलाई कमजोर बनाउने काम भएको भन्दै कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।
देशका मुख्य सहरमा आयोजना हुने प्रदर्शनमा केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गर्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनका अनुसार सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनमा सम्बोधन गर्नेछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा सम्बोधन गर्ने कार्यक्रम छ ।
उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर, सहमहामन्त्री प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
Sponsored
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसीले पोखराको प्रदर्शनलाई सम्बोधन गर्नेछन् ।
युवा नेता गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाम जानेछन् ।
यस्ता छन् नारा :