TodayPati

श्रीमतीमाथि एसिड आक्रमण : दुई जना विरुद्ध अभियोगपत्र दर्ता

टुडेपाटी-

जनकपुरधाम, मंसिर २५ गते ।

श्रीमतीलाई एसिड आक्रमण गरी घाइते बनाएको घटनालाई लिएर जिल्ला सरकारी वकिलको कार्यालय जनकपुरले २ जनाविरुद्ध जिल्ला अदालत धनुषामा अभियोगपत्र दर्ता गराएको छ । 

Sponsored

गत कार्तिक २९ गते जनकपुरधाम वडा नम्बर ४ स्थित आरती साहमाथि उनकै श्रीमानले एसिड आक्रमण गरी घाइते बनाएका थिए ।

सो घटनामा, जिल्ला अदालत धनुषामा २ जनाविरुद्ध अभियोग पत्र दर्ता गराइएको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जानकारी दिए। उनका अनुसार आरतीका श्रीमान २६ वर्षीय सञ्जिव साह र नागेन्द्र साहमाथि अभियोग पत्र दर्ता गरिएको हो । 

सरकारी वकिलको कार्यालयले दुबै जनालाई १५ वर्ष ६ महिना सजाय हुने गरी अभियोग पत्र दायर गरिएको हो । 

Sponsored

जिल्ला न्यायधिवक्ता अर्यालले दुबै जनाविरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ कसुरको सजायका लागि मागदाबी गरिएको बताए। अंगभंगका लागि ५ वर्ष, कुरुप बनाएकोमा ८ वर्ष र एकीकृत कसुरको थप २ वर्ष ६ महिना गरी कुल १५ वर्ष ६ महिनाको सजाय माग गरिएको अभियोग पत्रमा उल्लेख छ । 

सो एसिड आक्रमणका लागि सञ्जिवले नागेन्द्र साहको निखिल स्टोरबाट एसिड खरिद गरेको पाइएको अर्यालले बताए । 
एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तन लगायतका अंगमा गहिरो चोट परेको थियो। एसिड आक्रमणमा परी उनकै छोरी रियाको हातमा र टाउकोमा खत बसेको पाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *