TodayPati

महोत्तरी : ठक्करबाट घाइते भइ निको भइसकेका बालक पैसा अभावमा अस्पतालमै, आमाको गुहार

रञ्जन भण्डारी

महोत्तरी , २३ मंसिर ।

गत असोज १ गते मोटरसाईकलको ठक्करले घाईते भई विराटनगर स्थित विराटनगर अस्पतालमा उपचाररत साढे तिन वर्षिय वालक सरिफ अन्सारी अहिले निको भैसकेर घर फिर्ता हुने प्रतिक्षामा छन ।

Sponsored

तर अस्पतालको वक्यौता रकम तिर्न नसकेर उनी डिस्चार्ज हुन पाएका छैनन । उनको उपचार वापत परिवारले अस्पताललाई १२ लाख तिर्नु पर्ने छ तर पैसा नहुदा उक्त वक्यौक्ता रकम तिर्न सकिएको छैन ।

मोटरसाईकल ठक्करले बालकको मस्तिष्कमा चोट लागि रगत समेत जमेको,छातीको देव्रे भागमा गम्भिर चोट लागेको र कम्मरमा क्रयाक भएको अवस्थामा उनको सोहि वेला देखि उपचार हुदै आएको थियो ।

अस्पतालले दुई महिनाकै उपचारमा करिव १२ लाख खर्च भएको पत्र दिएको छ भने औषधीमा थप करिव ६ लाख गरि लगभग १८ लाख खर्च भएको छ । परिवारले करिव ६ लाख विभिन्न सरसापटी तथा घरजग्गा बन्धकी राखेर बुझाए तर अझै तिर्नु पर्ने रकम धेरै भएपछि परिवारले त्यती रकम कहाबाट ल्याउने भनि चिन्तित हुदै गुहार मांगेका छन ।

Sponsored

घाईते बालकलाइ ठक्कर दिनेको तर्फबाट हालसम्म कुनै सहयोग नभएपछि विचल्लीमा परेको परिवार आर्थिक सहयोगको लागि भौतारिनु परेको उनका काका मोहम्मद मुस्तफा अन्सारी बताउछन ।

जलेश्वर नगरपालिका वडा नं. ३ निवासी मोहम्मद मुर्तजा अन्सारीका छोरा सरिफको मुख र घाटीबाट अक्सिजन र खानाको पाईप हाल निकालिसकिएको र स्वास्थ्यमा पहिले भन्दा निक्कै सुधार भएपछि अस्पतालले वक्यौक्ता रकम तिरेर वच्चालाई डिस्चार्ज गरेर लग्न गत साता देखि नै ताकेदा गरिरहेपनि परिवारले रकम व्यवस्था गरेर बच्चालाई डिस्चार्ज गराउन सकेको छैन ।

बालकको वुवा हाल वैदेशिक रोजगारीमा मलेसियामा रहेकोमा उनले समेत कमाएको सवै रकम वच्चाको उपचारमा लगाईसकेको र अव त्यहाबाट समेत रकमको जोहो हुने सम्भावना न्युन रहेको वेला अस्पतालमा तिर्नु पर्ने बक्यौता रकम अभाव भएको हो ।

आर्थिक सहयोगको लागि मोहम्मद मुस्तफा अन्सारीको प्रभु बैंकको जलेश्वर शाखामा रहेको बचत खाता नं. ०६३०१५७७२६४०००१४ मा पठाउन सकिने छ । उनको मोबाईल नं. ९८१७६४२७८५ रहेको छ ।

मेरो छोराको उद्धार गरिदिनुस : बालकका आमा

बच्चाको आमा जरिना खातुन अहिले वच्चासंगै अस्पतालमा छिन । उनले आफ्नो वच्चालाई घर ल्याउन अस्पताललाई तिर्नु पर्ने रकम नभएपछि अस्पतालमै बन्धक सरह बस्नु परेको वताउदै सहयोगको याचना गरेकि छिन । वच्चा अहिले स्वस्थ्य भयो अस्पतालले मेरो वच्चालाई वचाईदियो । तर अस्पतालको पैसा आफुले तिर्न सकेको छैन,जरिनाले वताईन ।

बच्चालाई ठक्कर दिनेले गरेन सहयोग

बच्चालाई आफ्नो मोटरसाईकलले ठक्कर दिई घाइते बनाएका जनकपुर उप महानगरपालिका किशोरी नगरका लोमश झा अहिले पुर्पक्षका लागि थुनामा छन । बच्चाको उपचारको लागि जिल्ला प्रसासन कार्यालयले रकम उपलब्ध गराउन निर्देशन दिएपछि रकम जम्मा नगरेपछि उनलाई थुनामा राखिएको हो । उनको ज८प १८९३ नंं.को मोटरसाईकलले वालकलाई ठक्कर हानेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *