सय वर्षसम्म यसरी बाँच्न सकिन्छ तर के अमर बन्न सकिन्छ ?
एजेन्सी
जनकपुरधाम, मंसिर २४ गते ।
यो कुनै वैज्ञानिक आख्यान होइन। चाँडै नै हामी १०० वर्षसम्म बाँच्नु कुनै नौलो कुरा हुने छैन, किनकि हाम्रो जीवनकाल बढ्दै छ। सन् १८४० यता प्रत्येक तीन महिनामा हाम्रो जीवनकाल बढ्दै गरेको र सन् २०११ मा यो गति केही ढिलो भएको अध्ययनले देखाएको छ।
यो अनुसन्धान बेलायतमा गरिएको हो, तर यसले तथ्याङ्क विश्वका अन्य विभिन्न देशबाट लिएको छ। अनुसन्धानले भन्छ, सन् २००० पछि विकसित देशहरूमा जन्मिएका कम्तीमा आधा बालबालिकाहरू १०० वर्षको उमेरसम्म बाँच्नेछन्।
सन् १९०० को सुरुवातमा १०० वर्षसम्म पुग्ने सम्भावना १ प्रतिशत थियो, आज बेलायतमा १०५ वर्षसम्म बाँच्न सक्ने सम्भावना ५० प्रतिशत छ। बेलायतमा सन् १९८६ मा झन्डै ३६ सयजना १०० वर्षभन्दा बढी उमेरका थिए, आज झन्डै १५ हजार पुगेको छ।
सामान्यतः प्राकृतिक रूपमै मानव जीवनको सर्वाधिक उमेर १ सय १५ वर्ष मानिन्छ। कसैले आधुनिक प्रविधिसँगै वा योबिना पनि बढी बाँच्न सकिने बताउँछन्। प्रायः यी विचार तीन वर्गमा बाँड्न सकिन्छ ।
Sponsored
क. जसले जीवनकाल अहिले सर्वाधिक रहेको बताउँछन्,
ख. जसले शिक्षा र प्रविधिका कारण जीवनकाल बढ्दै छ र यो १२० सम्म पुग्नसक्ने बताउँछन्, र
ग. जो बुढेसकाललाई परास्त गर्दै वैज्ञानिक(प्राविधिक आविष्कारले दीर्घायु हुन सक्ने बताउँछन्।
ईशाको १९ औँ शताब्दीदेखि बाल मृत्यु दरलाई घटाएसँगै जीवनकाल पनि बढ्दै गएको छ। यससँगै आर्थिक सुधार, प्रविधि, स्वास्थ्यसेवा, शिक्षासँगै खोपको उपलब्धता, प्रजनन स्वास्थ्यमा सुधार, हृदयाघातजस्ता रोगसम्बन्धी सेवामा सुधारलगायतले पनि मानिसको जीवनकाललाई बढाएको छ।
यसरी दीर्घायु पाउनु निकै सुखद कुरा हो, तर यससँगै अर्को पाटो आउँछ- कसरी लामो समय स्वस्थ रहनेरु ?
उमेर ढल्किनेबारे आफ्नो लेख ‘डि सेनेक्ट्युट’ ९वृद्ध उमेरका बारे० मा प्राचीन रोमका दार्शनिक सिसेरोले किन मानिसहरू बुढेसकाल मन पराउँदैनन् भन्ने चार कारण उल्लेख गरेका छन्(
- बुढेसकालले तपाईंलाई काम गर्न रोक्छ,
- यसले तपाईंको शरीरलाई कमजोर पार्छ,
- तपाईंलाई सुख अनुभूति गर्नबाट यसले रोक्छ, र
- प्रत्येक दिन तपाईंलाई मृत्युतर्फ उन्मुख गराउँछ।
अनि उनी भन्छन् माथिका प्रत्येक बुँदा गलत छन्। ‘वृद्धले पनि आफ्नो खुबीलाई जोगाउन सक्छ’, उनी भन्छन्, ‘जबसम्म उनीहरू त्यसलाई प्रयोगमा ल्याउँछन्।’
संसारमा धेरै समय बाँच्ने र स्वस्थ भई बाँच्ने पाँचवटा क्षेत्र पहिचान गरेका छन्, डान ब्युट्नरले। यसलाई ‘नील क्षेत्र’ भन्छन् उनी– जापानको ओकिनावा, इटालीको सार्दिनिया, कोस्टारिकाको निकोया उपद्वीप, क्यालिफोर्नियाको लिन्डा र ग्रीसको इकारिया।
सामान्यतः प्राकृतिक रूपमै मानव जीवनको सर्वाधिक उमेर ११५ वर्ष मानिन्छ। कसैले आधुनिक प्रविधिसँगै वा योबिना पनि बढी बाँच्न सकिने बताउँछन्।
यस क्षेत्रमा बस्ने मानिसहरू सागसब्जी खान्छन्, जसमा न्यून प्रशोधन गरिएको हुन्छ। धेरैजसो अन्न, हरियो सागसब्जी, बदाम, कन्दमूल र गेडागुडी। औसतमा उनीहरू महिनाको पाँचपटक मासु खान्छन्। उनीहरू पानी, हर्बल चिया, कफी र कहिलेकाहीँ वाइन खान्छन् तर दूध भने एकदम कम मात्रामा पिउँछन्।
यसबाहेक अन्य अध्ययनले उनीहरूको उचित निद्रा, केही काममा तल्लीन हुनु र नियमित शारीरिक व्यायाम पनि थपेका छन्। यी क्षेत्रका मानिसहरू प्रायः १५० मिनेट हलुका वा ७५ मिनेट कठिन अभ्यास गर्छन् र हप्ताको दुईपटक मांसपेशी तन्किने खालका व्यायाम गर्छन्।
यति भन्दै गर्दा पनि वृद्ध उमेरमा हिँड्ने वा सरसफाइ गर्नेजस्ता स–साना र हल्का शारीरिक अभ्यासले उनीहरूको उमेर बढाउने अध्ययनले देखाएको छ। एक अध्ययनले देखाउँछ, ३० मिनेट चुप लागेर बस्नुभन्दा यत्तिकै चल्नुले पनि चाँडो मृत्युको खतरा १७ प्रतिशत ले घट्न सक्छ।
यस्तै, टेनिस वा फुटबलजस्तो क्लब खेलकुदले पनि दीर्घायु र स्वस्थ बनाउने अध्ययनले देखाउँछ। यसको कारण यी क्रियाकलापमा सामाजिक अन्तरक्रिया हुन्छ, जुन स्वस्थ र दीर्घ आयुका लागि महत्त्वपूर्ण हुन्छ।
अरू के कुराले जीवन स्वस्थ र दीर्घ बनाउँछ ?
दीर्घायुका कार्यक्रममा प्रायः बिहानको बुफेलाई कसैले हात लगाउँदैनन्, उनीहरू चिया वा कफी खान्छन् त्यो पनि दूधबिना। अझ गम्भीर रूपमा स्वास्थ्यको ख्याल गर्नेहरूले क्यालोरी जाँच्ने र बीचबीचमा व्रतझैँ भोकै बस्ने पनि गर्छन्।
बृहत् रूपमा भन्ने हो भने ३० प्रतिशत कम क्यालोरी सेवन गर्ने र दिनको १६ घण्टा भोकै बस्नु उपयुक्त हुन्छ, तर यही कुरा सबैका लागि लागु नहुन सक्छ। यसको व्यावहारिक मतलब हो, बिहानको नास्ता नखाने र दिनभरि त्यसको भर्पाइ भनेर धेरै खान पनि नखोज्ने।
थाहा छैन, बीचबीचमा यसरी भोकै बस्नुले के काम गर्छरु शरीरले रस निकाल्ने प्रक्रिया र जीवकोषीय तनाव प्रतिरोध गर्दा उत्पन्न हुने ‘एन्टिअक्सिडेन्ट’ सँग सम्बन्धित हुन सक्छ शायद। यसबारे पटकपटक मुसामा गरिएको अध्ययनले यसरी बीचबीचमा भोकै बस्ने र क्यालोरी कम गर्नाले बुढेसकाल ढिलो हुने देखाएको छ। यसरी जीवन लम्बिएसँगै मुटुरोग, क्यान्सर, मधुमेह वा अल्जाइमर, पार्किन्सन्सजस्ता न्युरो रोग हुनबाट पनि बचाउने देखाएको छ।
संसारमा धेरै समय बाँच्ने र स्वस्थ भई बाँच्ने मानिसहरू अन्न, हरियो सागसब्जी, बदाम, कन्दमूल, गेडागुडी र औसतमा महिनाको पाँचपटक मासु खान्छन्। अनि पानी, हर्बल चिया, कफी र कहिलेकाहीँ वाइन खान्छन् तर दूध भने एकदम कम मात्रामा पिउँछन्।
म कति वर्ष बाँच्छु भन्ने थाहा पाउन सकिन्छ ?
बुढेसकाललाई रोक्ने भन्ने त्यस्तो कुनै औषधी त अहिलेसम्म आएको छैन, तर वैज्ञानिकहरू भने लागिपरेका छन्। अमेरिकी वैज्ञानिकहरू ‘मेटफर्मिन’को पाँच(वर्षे परीक्षणमा छन्। यो औषधी प्रायः मधुमेहका लागि दिइन्छ। यसको साइड(इफेक्ट उमेरसँगै बढ्ने रोगलाई न्यूनीकरण गर्छ।
त्यस्तै, जीवकोषको क्षतिलाई न्यूनीकरण गरेर मात्र भन्दा त्यस्ता क्षतिबाट सुधार गरी दीर्घायु बनाउने कार्य पनि अघि बढ्दै छ। लामो समयसम्म स्वस्थ रूपमा उमेर बढ्दै जाने प्रक्रियालाई सजिलो गर्न सकिने र शायद यसका औषधी आगामी दशकमै आउने विश्वास गर्छन्, उमेर वृद्धिसम्बन्धी अध्येता डा अब्रे डी ग्रे। उनले सेन्स नामक अनुसन्धान फाउन्डेसनमार्फत् यसरी वृद्ध हुने प्रक्रियालाई घटाउने अनुसन्धान गर्दै आएका छन्।
यदि यी अध्ययन सफल भए कति समय बाँच्ने भनेर थाहा पाउन त्यसैले गाह्रो नपर्ला। सन् २०११ मा बनाइएको डीएनए फेनोएज नामक इपिजेनेटिक घडीले भविष्य बताउने भनिएको थियो। तपाईंको जीवकोषको डीएनएमा भएका रसायनको अध्ययनबाट यसले तपाईं कति वर्ष बाँच्नुहुन्छ भन्ने पत्ता लगाउँथ्यो।
जन्मँदा डिएनए स्थिर हुन्छ, तर हाम्रो जीवनशैलीसँगै यो परिवर्तन हुँदै जान्छ। त्यसैले यस्ता घडीको सूचना कति उपयोगी हुने हो भन्ने प्रश्नै रहन्छ।
बृहत् रूपमा भन्ने हो भने ३० प्रतिशत कम क्यालोरी सेवन गर्ने र दिनको १६ घण्टा भोकै बस्नु उपयुक्त हुन्छ, तर यही कुरा सबैका लागि लागु नहुन सक्छ।
अमर बन्न सकिन्छ त ?
बाइबलका अनुसार मानिसहरू अमर थिए, तर इडेन बगैँचामा जीवनरूपी रूखको स्याउ खाएपछि मृत्यु हुने भएको मानिन्छ। त्यस्तै, अमर हुनका लागि अमृतको खोजी गर्ने कथाहरू विश्वभर धेरै स्थानमा पाइन्छ।
केही दशकअघि अमर हुने कुरा विज्ञानले मान्दैनथ्यो, तर सन् २०१३ यता गुगलले एउटा शाखामा लगानी गरेको छ, ‘मृत्युको समाधान’ जसमा अन्य कम्पनीले पनि सहयोग गरेको छ।
कसरी क्यान्सर हुन्छ वा कसरी ती स्थितिको उपचार गरिन्छ भन्नुभन्दा पनि उक्त शाखाले सबैलाई सबभन्दा डरलाग्दो रोगको लक्षण मान्छ, बुढेसकालको। यी अलग–अलग रोगको उपचार गर्नुभन्दा उक्त शाखाले बुढेसकालको ठूलो रोगको उपचार खोज्छ। यो आयोजना सफल भएमा सबैजसो रोगको समाधान निस्कन्छ भन्ने उनीहरूको तर्क छ।
यो सजिलो हुनेवाला भने पक्कै छैन। शरीरको प्रत्येक जीवकोषले बुढेसकालविरुद्ध लड्नुपर्छ, अर्थात् मानव प्रजातिको आनुवांशिक संरचना नै परिवर्तन गर्नुपर्छ। बुढेसकाल रोक्नेबारे धेरै दाबी गरिएका छन्, जसमध्ये सबैभन्दा उग्र यही होला( एक हजार वर्ष बाँच्ने पहिलो मानिसको जन्म भइसकेको छ।
(दि गार्डियनबाट)