TodayPati

अदालतले सफाइ दिएसँगै सिद्धबाबाको चरित्र हत्या गर्नेलाई कारबाहीको माग

टुडेपाटी-
विराटनगर, मंसिर २३ गते ।

सिद्धबाबा भनिने कृष्णदास वैष्णवको चरित्र हत्या गर्ने जोकीलाई कारबाही हुनुपर्ने माग विश्व हिन्दू परिषद् नेपालले गरेको छ । जबरजस्ती करणी जस्तो गम्भीर आरोप लागेका सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले सोमबार सफाई दिएसँगै विश्व हिन्दू परिषद्ले सिद्धबाबाको चरित्र हत्या गर्नेलाई कारबाहीको माग गरेको हो ।

गलत मनसाय राखी पूज्य सन्तमाथि जबरजस्ती करणी जस्तो गम्भीर आरोप लगाउनु निन्दनीय एवं दण्डनीय विषय भएको भन्दै परिषद्ले आरोप लगाउनेलाई कानून बमोजिम कारबाहीको माग गरेको हो ।

हिन्दू साधुसन्तहरुमाथि श्रृंखलावद्धरुपमा आक्रमण हुँदै आएको अवस्थामा समेत प्रशासनले कुनै एक फर्जी उजुरीको आधारमा कारवाही थाल्नु प्रशासनमाथि नै प्रश्न चिन्ह खडा गर्ने भन्दै परिषद्ले हिन्दू आस्था एवं साधुसन्तको मर्यादाको ख्याल नै नगरी, उजुरीकर्ताको सत्यता परीक्षण नै नगरी प्रशासनले पूज्य सन्तविरुद्ध कारवाही गर्नु शंकास्पद रहेको उल्लेख गरेको छ ।

Sponsored

प्रशासनको लापरवाही एवं अकर्मन्यताका कारण पूज्य सन्तले विभिन्न किसिमको दुःख, कष्टको सामना गर्नुप¥यो, परिषदका महासचिव जितेन्द्र कुमार सिंहद्वारा हस्ताक्षरसहित जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘बहुसंख्यक हिन्दुहरुको देशमा समेत साधुसन्तमाथि यस किसिमको षडयन्त्र एवं दुर्व्यवहार गरिनु चिन्ताजनक विषय हो ।’

प्रशासनबाट गरिएको कृत्यको विश्व हिन्दु परिषद नेपाल कडा शब्दमा निन्दा गर्दछ साथै हिन्दु आस्था एवं पूज्य सन्त रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दासको चरित्र हत्या गर्नेलाई कारवाहीको गर्नुपर्ने माग समेत अगाडि सारेको छ ।

अब उपरान्त हिन्दू साधुसन्तहरुको मर्यादा एवं हिन्दू जनमानसको आस्थाको ख्याल गर्दै सत्य तथ्य पुष्टि पश्चात मात्र कारवाही थाल्न सरकार समक्ष विश्व हिन्दू परिषद् नेपाल आग्रह गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *