TodayPati

सगरमाथाको उचाइ बढ्यो, अब कति पुग्यो ?

टुडेपाटी-
जनकपुरधाम, मंसिर २३ गते ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक भएको छ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट मंगलबार मापन गरेर उचाइ सार्वजनिक गरिएको हो ।

यसअघि ८ हजार ८ सय ४८ मिटर रहेको सगरमाथाको उचाइ अब ८ हजार ८ सय ४८.८६ रहेको तथ्य पत्ता लगाएको टोलीले जनाएको छ । मंगलवार नापी विभागमाआयोजित कार्यक्रममा सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको हो ।

Sponsored

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको छ ।

विभागले रु १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापन कार्य सम्पन्न गरेको थियो ।

वि.सं. २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरू भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *