TodayPati

सिरहामा बसलाई अभरटेक गर्न खोज्दा किचिएर मोटरसाइकल चालकको ज्यान गयो

टुडेपाटी-
सिरहा, फागुन २१ गते ।

बसलाई अभरटेक गरेर अगाडी बढ्न खोज्दा सिरहामा एक मोटरसाइकल चालकको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाकोे गोलबजार नगरपालिका ४ स्थित जनकचोकमा यात्रुबाहक बसले किच्दा मोटरसाइल चालक लहान १९ का मोहमद लुतफूर रहमानको ज्यान गएको हो ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.४ ख ४२६५ नम्बरको बसलाई अभरटेक गरेर अगाडी बढ्न खोज्दा विपरीत दिाशाट आउँदै गरेको अर्को मोटरसाइकलमा ठोक्किएर लडेपछि बसले किचेको थियो । रहमानको घटनास्थलमै ज्यान गएको सिरहा प्रहरीले जनाएको छ ।

Sponsored

उनी चलाइरहेका को. ४ प २०९८ नम्बरको मोटरसाइल अभरटेक गर्ने क्रममा विपरित दिशाबाट आइरहेको बा. ३१ ब ९८८३ नम्बरका मोटरसाइकलसंग ठोक्किएर लडेका थिए । पछाडिबाट आइरहेको ना.४ ख ४२६५ नम्बरको बसले रहमानको घटनास्थलमै मृत्यु भएको छ भने अर्का मोटरसाइकल चालक आरजु कुमार राई घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजरमा प्रमुख इन्सपेक्टर जनक पुरीले जानकारी दिए । उनको गोलबजारस्थित भूमिजा हस्पिटमा उपचार भइरहेको छ ।

बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय गोलबजरले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *