प्रधानमन्त्री ओलीको दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपन
टुडेपाटी-
काठमाडौं, फागुन २१ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै सफलतापूर्वक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको डा. प्रेमराज ज्ञवालीले जानकारी दिए ।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान सबा १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो ।
चिकित्सकले शल्यक्रिया सम्पन्न गर्न ४ देखि ५ घण्टासम्म लाग्ने बताएका थिए । मिर्गौला प्रत्यारोपण टिममा शिक्षण अस्पतालका अनुभवी चिकित्सकसँगै पहिलो प्रत्यारोपणमा सहभागी तीनजना भारतीय चिकित्सकसमेत रहेका छन् ।