TodayPati

जनकपुर टी-२० क्रिकेट टुर्नामेन्ट : युथ ११ र सिरहा विजयी

टुडेपाटी-
जनकपुरधाम, मंसिर १७ गते ।

जनकपुरको रंगभूमि मैदान बाह्रबिघामा जारी टी-२० क्रीकेट टुर्नामेण्ट अन्तर्गत भएको दुई खेलमा सिरहा क्रिकेट एकेडमी र युथ ११ क्रिकेट टीम विजयी भएको छ ।

बुधबार भएको पहिलो खेलमा युथ ११ ले जनकपुर क्रिकेट एकेडमीलाई २० रनले पराजित गरेको छ । युथ ११ ले दिएको १ सय ३६ रनको जवाफमा जनकपुर मात्रै १ सय १५ रन बनाउन सकेको थियो ।
जनकपुरका लागि हिमांशु दत्तले ४१ रनको योगदान दिएपनि टिमलाई हारबाट जोगाउन सकेनन् । शोभाकान्त पाण्डेले १८ रनको योगदान गरे ।
युथ ११को बलिंगमा राजेश सिंहले २ विकेट लिएका थिए ।

यस अघि ब्याटिंग गरेको युथ ११ सोनु शर्मा र प्रकाश यादवको २९÷२९ रन र सरोज आनन्दको १७ रनको सहयोगमा १ सय ३५ रनको स्कोर खडा गरेको थियो ।
जनकपुरको बलिंगमा हरिशंकर साहले ४ र रोहन यादवले २ विकेट लिएका थिए ।

Sponsored

यस्तै दाेश्राे खेलमा सिरहा क्रिकेट एकेडमीले जलेश्वर क्रिकेट टिमलाई ७६ रनको विशाल अन्तरले पराजित गरेको छ । सिरहाले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको जलेश्वर निर्धारित २० ओभरमा मात्र ६५ रनमा समेटिएको थियो ।

जलेश्वरका लागि अविनाश अधिकारी १४, अरुण मण्डल र सुनिल कापरले १२÷१२ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्समैन दोहोरा अंकको स्कोर समेत बनाउन सकेनन् ।

जलेश्वरलाई सस्तैमा समेट्नका सिरहा टिमका लागि नन्दन यादवले घातक बलिंग गर्दै ४ विकेट चट्काएका थिए । मनोज यादव र दिलीप यादवले २÷२ विकेट लिए ।

Sponsored

यस अघि ब्याटिंग गरेको सिरहाले दुरगेश थापाको ४४ र अशोक यादवको ४० रनको सहयोगमा निर्धारित २० ओभरममा १ सय ४१ रनको स्कोर खडा गरेको थियो ।

जलेश्वरको तर्फबाट राहुल प्रताप सिंह र अरुण ठाकुरले २÷२ विकेट लिएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *