TodayPati

बारामा मोटरसाइकलबाट खसेकी युवतीलाई ट्रकले ठक्कर दिँदा मृत्यु

टुडेपाटी-

बारा, मंसिर १७ गते ।

बारामा मोटरसाइकलबाट खसेकी एक युवतीलाई ट्रकले ठक्कर दिँदा मृत्यु भएको छ ।

Sponsored

बुधबार दिउँसो सवा १२ बजे ना ४ ख २९२३ नं.को ट्रकले पछाडिबाट ठक्कर दिँदा पचरौता नगरपालिका ८ बस्ने १७ वर्षीया किशोरी गान्धी कुमारीको मृत्यु भएको हो ।

उनको बुवाले चलाएको प्रदेश नं.२–०३–००६ प ९३८५ नम्बरको मोटरसाइकलको पछाडि बसेकी गान्धी मोटरसाइकलबाट खसेकी थिइन् ।

कलैयाबाट बरियापुरतर्फ जाने क्रममा कलैया ४ मैदा मिल नजिकै मोटरसाइकलबाट खसेकी ट्रकले पछाडिबाट ठक्कर दिँदा घाइते भएकी थिइन् ।

Sponsored

गान्धीको उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्ज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं डिएसपी गौतम मिश्रले जानकारी दिए ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको मिश्रले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *