TodayPati

महोत्तरीको विकट क्षेत्रमा मन्त्री पोखरेलले गरे नमूना शिक्षालयको भवनको उद्घाटन

टुडेपाटी-
महोत्तरी, मंसिर १६ गते ।

शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निर्मल लामा बहुप्राबिधिक शिक्षालयको नमुना भवन उद्घाटन गरेका छन् ।

महोत्तरीको बिकट क्षेत्रमा पर्ने खयरमारामा शिक्षालय खुलेपछी यहाँ अवस्था फेरिएको छ । शिक्षालयको तीन करोड ७४ लाखको लागतमा भवन निर्माण भएको हो ।

शिक्षालयको अर्को तीन करोड ७१ लाखमा निर्माण भइरहेको सिटिभिटी निवर्तमान निर्देशक बिनयकुमार मिश्रले बताए ।

Sponsored

डिप्लोमा इन सिभिल इन्जिनिरिङ, जियोमेट्रइक इन्जिनिरिङ, फोरेस्ट्ररि , होटल मेनेजमेन्ट, फुड एन्ड डेरि, फर्मेसी, रिडियो ग्राफिको पढाइ भैरहेको शिक्षालयका प्राचार्य रमन कुमार मेहताले बताए ।

देशका २२ जिल्लाका ५३८ जना अध्यनरत छन् । पुर्व ताप्लेजुङदेखि पश्चिम हुमलासम्मा विद्यार्थी पढिरहेका छन् । सिटिभिटीले तयारपारेको डिप्लोमा तह, टिएसएलसी र छिटो अवधिको सम्पुर्ण कार्यक्रमहरु क्रमस संचालित हुनेछ ।

मन्त्री पोखरेलले कार्यक्रममा बोल्दै देशभरी प्राबिधिक शिक्षाको लहर चलेको छ । ‘सातै प्रदेशमा एक वटा नमुना प्राविधिक शिक्षालय संचालन गरेका छौं । गरिखाने शिक्षालाई हामिलाइ बिकास गर्न लागेको छ । अरु ६ बिषय दिने निर्णय गरेका छौं’, उनले भने ।

Sponsored

‘दक्ष शिक्षक र अभ्यास सहितको शिक्षाले मात्रै प्राविधिक शिक्षा नमुना बन्छ । त्यसको नेतृत्व युवा पुस्ताले मात्रै हुन्छ ।ब्ल्याक बोर्डमा पढाएर स्टिफिकेट दिइन्छ कि भन्ने मलाइ चिन्ता छ’, उनले थपे ।

‘दक्ष जनशक्तिले मात्रै समृधिको सपना पूरा हुन्छ । कमगरि खाने शिक्षाको अभाव दलाली, अनयमितता, भ्रष्टाचार मौलाएको छ’, मन्त्री पोखरेलले अगाडि भने, ‘सर्म प्रति बिश्वास गर्नुपर्छ । अनि मात्रै प्रावधिक शिक्षाले फड्को मर्छ ।’

प्राविधिक शिक्षाले मात्रै देशमा बिकासको नेतृत्व गर्न सक्ने उनले विश्वास व्यक्त गरे । प्रावधिक शिक्षाले मात्रै गरिबीलाई शुन्यमा झार्न सक्ने उनको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *