TodayPati

सप्तरीमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

शुभनरायण यादव-

सप्तरी, मंसिर १६ गते ।

सप्तरीमा विरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

Sponsored

तिलाडी कोइलाडी गाउँपालिकाबाट उपचारको लागि विरामीलाई विराटनगर लेजादैँ गरेको एम्बुलेन्स सोमवार दुर्घटनामा पर्दा अन्य तीनजना घाइते समेत भएका छन् ।

तिलाठी कोइलाडी गाउँपालिका –२ लौनियाँबाट विरामी बोकेर विराटनगरजाँदै गरेको स १ च ११२२ नम्बरको एम्बुलेन्स सडकमा रोकिएको एम ०१–एल–०३३६ ट्रलीमा ठोकिदा दुर्घटना भएको हो ।

दुर्घटनामा सप्तरीको तिलाठि कोइलाडि गाउपालिका वडा न.२ लौनियाँका ६५ वर्षीय ननुलाल मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।

Sponsored

दुघृटनामा मृतक मण्डलका ३० वर्षीय छोरा जितेन्द्र मण्डल, ५० वर्षीय भाई रामसुन्दर मण्डल र ४५ वर्षीया पत्नी भोलिदेवी मण्डल घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा भर्ना गरिएको छ । यता ठक्कर दिने एम्बुलेन्स तथा ट्रली चालक फरार रहेकोले उनिहरुको खोजी कार्य तिव्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *