TodayPati

गोलबजारको २ वटा कपडा पसलमा आगलागी हुँदा २ करोडको क्षति

टुडेपाटी-

सिरहा, मंसिर १६ गते ।

सिरहाको गोलबजार नगरपालिका-४ का दुई कपडा पसलमा आज बिहान आगलागी हुँदा करिब २ करोड मूल्यबराबरको क्षति भएको छ । गोलबजारस्थित कञ्चन वस्त्रालय र किसन ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी हुँदा नगद ५० हजारसहित कपडा जलेर नष्ट भएको छ । 

Sponsored

आगलागीबाट सँगै रहेका दुई कपडा पसलमा रहेका कपडालगायत सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

पसलका सबै सटर बन्द थिए । विद्युत् चुहावट हुँदा आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

गोलबजार, मिर्चैया र लहान नगरपालिकाका वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीका प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक राईले बताए । 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *