TodayPati

होटलमा कौडा खेलिरहेका १० जुवाडे पौने ६ लाख नगदसहित बाराबाट पक्राउ

टुडेपाटी-

बारा, मंसिर १२ गते ।

बारामा होटलमा जुवा खेलिरहेको अवस्थाबाट नगद ५ लाख ८२ हजार रकमसहित १० जुवाडेलाई पक्राउ गरेको छ ।

Sponsored

प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका २ सिमरा स्थित सिमरा पाराडाइज होटलबाट उक्त रकम सहित जुवाडेहरूलाई पक्राउ गरेको हो ।

जुवाडेहरू जुवा कौडा खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोली उक्त होटेलको कम्पाउण्ड भित्र पछाडी साइडमा रहेको टहराबाट उनीहरुलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

प्रहरीले होटेलको जुवा खेल्न प्रयोग भएका म्याट, पाउडर, कौडा १६ थान र नगद ५ लाख ८२ हजार ५ सय ५० रुपैया बरामद गरेको मिश्रले बताए ।

Sponsored

पक्राउ परेका सबैलाई जुवा मुद्दा अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *