TodayPati

सरुवा रोग अस्पताल र ट्रमा सेन्टर निर्माणका लागि मुख्यमन्त्री राउतद्वारा जग्गा निरीक्षण

टुडेपाटी-
जनकपुरधाम, मंसिर १२ गते ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल एवं ट्रमा सेन्टर निर्माणका लागि आज जग्गाको स्थलगत निरीक्षण गर्नु भएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको यो दुई योजनामा संघीय सरकारले समेत सहयोग गर्ने भएपछि मुख्यमन्त्री राउत सहितको टोलीले दुबै अस्पतालको लागि जग्गाको निरीक्षण गर्नु भएको हो ।

Sponsored

बारा जिल्लाको कलैया उपमहानगरपालिका १६ झिटकैयामा ५० बेडको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल एवं बारा कै पथलैया स्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा ट्रमा सेन्टर निर्माण गर्ने निति अनुरुप जग्गाको निरीक्षण कार्य सम्पन्न भएको छ ।

सरुवा रोग अस्पतालका लागी कलैया उपमहानगरले ७ विग्घा जग्गा प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ भने पथलैया स्थित स्वास्थ्य तालिम केन्द्र प्रदेश सरकारकै मातहतमा रहेको छ ।

जग्गा निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकार सरुवा रोग तथा ट्रमा सेन्टरको निर्माण लाई आफनो नीति तथा कार्यक्रममै राखेर बजेट समेट विनियोजन गरि सकेको अवस्थामा संघ सरकारले समेत सहयोग गर्ने भए पछि दुबै अस्पतालको निर्माण कार्य चाडै शुरु हुने बताउनुभयो । उहाँले यी दुबै अस्पताल प्रदेशको गौरबको योजनाको रुपमा रहने र यसले यस क्षेत्रका बासिन्दा मात्र नभई प्रदेश नै लाभान्वित हुने बताउनुभयो ।

Sponsored

निरक्षण टोलीमा मुख्यमन्त्री राउत सहित संघीय सांसद रामसहाय प्रसाद यादव, रामबाबु यादव, प्रदेश सांसद पारस साह, बच्चा यादव, ज्वाला साह, सुन्दर विश्वकर्मा , समाजिक विकास मन्त्रालयका सचिव लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सरुवा रोग अस्पतालको शिलान्यास यही मंसिर १५ गते भर्चुअल माध्यमले हुने भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *