लहानको एक निजी अस्पतालमा सुत्केरीको मृत्यु, आफन्तद्वारा तोडफोड, चिकित्सक फरार
टुडेपाटी-
सिरहा, मंसिर ७ गते ।
चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै सिराहाको लहान स्थित डिभाइन हेल्थ केयरमा तोडफोड भएको छ । सिरहाको सुखीपुर नगरपालिका ९ वैशाखाकी २७ वर्षीया आरती साहको शल्यक्रिया गर्ने क्रममा शनिबार राति मृत्यु भएको हो ।
चिकित्कसकै लापरबाहीले आरतीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दै आइतबार पूर्वपश्चिम राजमार्गमा दुई घण्टा अवरुद्ध समेत गरेका छन् । आइतबार बिहान ८ देखि १० बजेसम्म चक्काजाम गर्दा यातायात अवरुद्व भएको थियो ।
आरतीलाई सुत्केरी व्यथा लागेपछि प्रसूति गराउन शनिबार दिउँसा सो अस्पताल भर्ना भएकी थिइन् ।
शल्यक्रियाको क्रममा आरतीको मृत्यु भएपछि चिकित्सकसहित अस्पतालका सञ्चालक र अन्य कर्मचारी समेत फरार भएका छन् ।
सुत्केरीको मृत्यु भएपनि जन्मिएको शिशु भने सकुशल रहेको र त्यो अस्पतालबाट शिशुलाई सप्तऋषि अस्पताल लगिएको छ ।
लापरवाही गर्ने चिकित्सक तथा अस्पतालको कारबाहीको माग गर्दै आफन्तजनले आरतीको शव समेत शल्यक्रिया कक्षबाट उठाउन दिएका छैनन् । लापरबाही गर्ने चिकित्सकलाई कारबाही नगरेसम्म शव नउठाउने मृतकका पति प्रमोद साहले बताए ।
Sponsored
उनले लापरबाही गरेरै आफ्नो श्रीमतीलाई मारेको बताउँदै दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहने बताए ।
घट्ना सम्बन्धमा अनुसन्धान भइरहेको सिराहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले बताए ।