जनकपुर युथ क्लबद्वारा रामेश्वरी देवी सरोवरमा वृक्षारोपन
टुडेपाटी-
जनकपुरधाम, मंसिर ७ गते ।
जनकपुर युथ क्लबले आफ्नो स्वामित्वमा रहेको रामेश्वरी देवि सरोवर किनारमा वृक्षारोपण गरेको छ । जनकपुरका पूर्व नगरप्रमुख एवं समाजसेवी बजरंग प्रसाद साहले १६ बर्ष अघि जनकपुर युथ क्लबलाई हस्तान्तरण गरेको उक्त सरोवरमा आइतबार वृक्षारोपन कार्यक्रम गरेको क्लबका निवर्तमान अध्यक्ष गोविन्द रायले जानकारी दिए ।
क्लबका अध्यक्ष रोहित ठाकुरको अध्यक्षता तथा नेपाली काँग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको प्रमुख आतिथ्य एवं मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको विशिष्ट आतिथ्यमा वृक्षारोपन गरिएको हो ।
वृक्षारोपन कार्यक्रममा काँग्रेसका जिल्ला उपसभापति सन्तोष यादब, क्षेत्रीय सभापति कन्हैया कर्ण, नगर सभापति मनोज साह, जसपा केन्द्रिय सदस्य कामेश्वर झा, समाजसेवी अमर चन्द्र अनिल, प्रफुल्ल राज घिमिरे, मासका अध्यक्ष सरोज मिश्र, अनिता श्रीबास्तव, प्रमोद श्रीबास्तव, क्लबका संस्थापक सचिव तथा पूर्व अध्यक्ष आधिवक्ता अजय शंकर झा, पुर्ब अध्यक्ष रोबिन झा, लक्ष्मीकान्त झा, मनिस झा, सुभाष शर्मा लगायतको सहभागिता रहेको थियो ।