बारामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु, ७ जना घाइते
टुडेपाटी-
बारा, मंसिर ७ गते ।
बारामा छुट्टाछुट्टै मोटररसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका १ बस्ने २७ वर्षीय राजकिशोर साह छन् ।
बाराको महागढीमाई नगरपालिका ८ जोलगाभा थलही पुल नजिकै मोटरसाइकल दुर्घटनामा परी कलैया उपमहानगरपालिका १ घर भई पर्साको प्रहरी चौकी खेसराहामा कार्यरत रहेको २७ वर्षीय राजकिशोर साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लङ्गडाचोकबाट बरियारपुर तर्फ जाँदै गरेको ना ६२प.३६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा साहको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
मोटरसाइकलमा सवार १८ वर्षीय सञ्जय प्रसाद यादव घाइते भएका छन् ।
यस्तै, जितपुरसिमरा उपमहानगरपालिका २३ डाबर अगाडि वीरगञ्जबाट जितपुर तर्फ जाँदै गरेको ना३२प.४२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।
Sponsored
दुर्घटनामा परि चालक जितपुर सिमरा उपमहानगरपालिका ९ छातापिपरा बस्ने ४५ वर्षीय महेन्द्र साह, र पछाडि सवार उनका नाति १२ वर्षीय अभय कुमार साह गम्भीर घाइते भएका हुन् ।
दुवैको टाउको, अनुहारमा चोट लागेको र बयोधा अस्पताल वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै जितपुरसिमरा उपमहानगरपालिका ७ बकुलियामा प्रदेश न.२–०३–००६ प८४८५ नम्बरको स्कुटी, विपरीत दिशाबाट आउँदै गरेको ना१९प २९२७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
दुर्घनामा स्कुटी चालक जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ सिखर टोल बस्ने ४५ वर्षीय उमेश साह र पछाडि बसेका ३८ वर्षीय मनोज साह घाइते भएका हुन् ।
त्यस्तै प्रसौनी गाउँपालिका २ हनुमान मन्दिर स्थित कलैया वीरगञ्ज सडक खण्डमा ना ११ प ३०५४ नम्बरको मोटरसाइकलले साईकल यात्रीलाई ठक्कर दिँदा साइकलमा सवार सोही गाउँपालिका ४ खुटवा बस्ने १८ वर्षीय बिहारी महतो धानुक घाइते भएका छन् ।
सोही सडक खण्डमा ना६१प ३२१ नम्बरको माटरसाइकलले पैदल यात्री परवानीपुर गाउँपालिका ५ बस्ने ३७ वर्षीय रुपेशकप्रसाद कुर्मीलाई ठक्कर दिएर घाइते मिश्रले बताए ।