TodayPati

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता हान्ने तिरुवाविरुद्ध अभद्र व्यवहारमा सात दिन म्याद थप

टुडेपाटी
काठमाडौं, फागुन १९ गते ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवामाथि अभद्र व्यवहारमा सात दिनको म्याद थप भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको जानकारी दिए ।

तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सहभागी भएका प्रचण्डमाथि तिरुवाले राष्ट्रिय सभागृहमा आइतबार जुत्ता प्रहार गरेका थिए ।

Sponsored

रतनले प्रहार गरेको जुत्ता भने प्रचण्डलाई लागेको थिएन । यसभन्दा अघि पनि एक चियापान कार्यक्रममा अध्यक्ष दाहाललाई माला लगाउने क्रममा थप्पड प्रहार गरिएको थियो ।

नेकपा अध्यक्ष प्रचण्डलाई थप्पडपछि जुत्ता प्रहार, जुत्ता प्रहार गर्ने पक्राउ

नेकपाका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *