धनुषामा हत्या आरोपमा फरार अभियुक्त मण्डल पक्राउ
टुडेपाटी
जनकपुरधाम, फागुन १९ गते ।
धनुषामा हत्या गरेको आरोपमा फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका ३ मिथिलेश्वर बस्ने ५० वर्षीय गौरी नारायण मण्डललाई पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ ।
मण्डललाई आइतबार धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ सखुवनी खोलाबाट २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरी रामेश्वर कार्कीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान भईरहेको छ ।
मण्डल ने.क.पा. बिप्लप समूहका अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रिय उपाध्यक्ष रहेको समेत बुझिन आएको डिएसपी कार्कीले बताए ।