बारामा केमिकल उद्योगमा विद्युत सर्ट भई आगलागी हुँदा १७ लाखको क्षति
टुडेपाटी-
बारा, मंसिर ३ गते ।
बाराको कोल्हबी नगरपालिका-१ निकास टोलस्थित नेपाल एग्रो केमिकल फ्याक्ट्रीमा मंगलबार साँझ आगलागी भएको छ ।
विद्युत सर्ट भई आगलागी हुँदा १७ लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट विद्युतको बोर्ड, मोटर र कच्चापदार्थ गरी जलेर नष्ट भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
स्थानीयवासी र प्रहरीको सहयोगमा कोल्हवी नगरपालिकाको बारुणयन्त्र प्रयोग गरी आगो निभाइएको छ ।
Sponsored