TodayPati

सप्तरीमा सशस्त्र प्रहरीद्वारा अवैध ४४ हजारको बिष्फाेटक पदार्थ नष्ट

टुडेपाटी-
सप्तरी,कात्तिक ३० गते ।

तिहार र छठ पर्वका लागि भारतबाट नेपालतर्फ भित्र्याउन लागेकाे अवैध बिष्फाेटक पदार्थ सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । आइतबार सशस्त्र प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका वडा न. १ खाडाे खाेला नजिकबाट झन्डै ४४ हजारकाे अवैध बिष्फाेटक पदार्थ बरामद गरेको हो ।

चेकजाचकाे क्रममा सशस्त्र प्रहरीले रकेट ,नागिन ,बम ,मुर्गा छाप ,सुपरिम कमण्डाे बम लगायतका सामग्रीहरु बरामद गरि नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर अाउट पाेष्ट तिलाठी सप्तरीका सशस्त्र प्रहरी निरिक्षक सुशिल केसीले बताए ।

Sponsored

बिष्फाेटक पदार्थ लुकिछुपि लगिरहेको अवस्थामा सशस्त्र प्रहरीलाई हेरेपछि उनीहरू फरार भएको बताइएको छ । तिलाठि काेइलाडी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजु झा, प्रहरी चचौकी तिलाठीका सय ओमेन्द्र राय यादव, युवा पत्रकार शुभ नारायण यादव, महिला वडा सदस्य पुष्पादेवी राय लगायतकाे उपस्थितिमा उक्त बिष्फाेटक पदार्थ बरामद गरी नष्ट गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *