नेपालमा अगामी तीन महिनामा कोरोना संक्रमितको संख्या ४ लाख पुग्ने
टुडेपाटी
काठमाडौँ, कर्तिक २८ गते ।
अगामी तीन महिनामा कोरोना संक्रमितको संख्या ४ लाख पुग्ने प्रक्षेपन गरिएको छ ।
संक्रमणको तीव्रता आगामी ३ महिनामा सामान्य अवस्था रहेपनि कम्तीमा डेढ लाख नयाँ संक्रमित थपिने जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको द्रुत कार्ययोजनाअन्तर्गत माग महिनासम्म डेढ लाख संक्रमित थपिने उल्लेख छ ।
संक्रमण सुरु भएयता मन्त्रालयले चार–चार महिनाको द्रुत कार्ययोजना बनाउँदै आएको छ ।
Sponsored