TodayPati

दोस्रो ठूलो चाड तिहार सुरु, आज कागलाई मिठा परिकार खुवाएर पूजा गरिँदै

टुडेपाटी

जनकपुरधाम, कार्तिक २८ गते ।

नेपालीको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ । तिहारको पाँच दिनमा क्रमैसँग काग, कुकुर, गाई, गोरु र आफ्ना दाजुभाईको पूजा गरिन्छ । शुक्रबार अर्थात् कार्तिक कृष्ण त्रयोदशीका दिन कागलाई मीठा परिकार दिएर मनाइँदैछ । दसैंको १५ दिनपछि काग तिहारबाटै सुरू हुन्छ दीपावली ।

Sponsored

यमराजले मानिसको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठा परिकार खुवाएर खुसी पार्ने गरिन्छ ।

घर छेउमा आएर काग कराएमा शुभ बोल्, शुभ बोल् भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ।

कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास रही आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *