TodayPati

सिरहाबाट लागुऔषधसहित २ जना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, कात्तिक २७ गते ।

सिरहा प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा
सिरहा धनगढीमाई नगरपालिका ६ बस्ने २६ वर्षीय रामेश्वर यादव र ४० वर्षीय दुखी यादव छन् ।

विशेष सूचनाको आधारमा बुधबार इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले स ७ प ७३२८ नं. को मोटरसाइकलाई चेकजाँच गर्दा दुवैजनाको साथबाट डाइलेक्स डीसी नाम गरेको ५० बोत्तल र नाइटोभेट ट्याब्लेट ६०० पिस लागुऔषध फेलापारी पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले जानकारी दिए ।

Sponsored

पक्राउ परेका दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *